शनिबार, वैशाख २६, २०८३

चिनियाँ राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै सीलाई पुटिनको बधाई

मेरोन्यूज २०७९ फागुन २६ गते १९:४४

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाई सन्देश पठाएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रपति पुटिनले चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई न्यानो अभिवादनसहित बधाई व्यक्त गरेका हुन् । चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुगेका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तर्राष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकलाई पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् ।

रुसी पक्षले रुस-चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढ गर्नका लागि राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ । रुसी राष्ट्रपति पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस-चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पुटिनले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बताएका थिए । उनले मित्रवत् चिनियाँ जनताको हितलाई प्रवर्द्धन गर्न राष्ट्रपति सीले नयाँ र ठूलो उपलब्धि हासिल गर्ने कामना व्यक्त गरे ।

प्रतिक्रिया