अमेरिकाे सिलिकन भ्याली बैंक डुब्यो, बन्द गर्न आदेश

अमेरिकी नियामकहरूले देशको सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएका छन्। अमेरिकाको १६औँ ठूलो बैंक सिलिकनको सम्पत्ति करिब २ खर्ब १० अर्ब डलर छ । यो नयाँ युगको प्राविधिक कम्पनीहरू र उद्यम पूंजी लगानी कम्पनीहरूलाई आर्थिक सहयोग प्रदान गर्ने देशको अग्रणी बैंक हो।
सिलिकन भ्याली बैंक विगत केही महिनादेखि आर्थिक संकटबाट गुज्रिरहेको थियो, जसका कारण बैंकले आफ्ना केही पोर्टफोलियो सेक्युरिटीहरू करिब १.८ बिलियन डलर घाटामा बेच्नु परेकाे थियाे । यो खबर बजारमा आएसँगै बैंकको शेयर एकै दिनमा ६० प्रतिशतले घटेको छ । यो सन् २००८ को वित्तीय संकटपछिको अमेरिकी इतिहासमा सबैभन्दा ठूलो असफलता हो।
अमेरिकी बैंक डुब्दा विश्व बजारमा त्रास फैलिएको छ । अमेरिकी शेयर बजारको मुख्य परिसूचक डाउ शुक्रबारको सत्रमा १.०७ प्रतिशतले झरेको छ ।
याेसँगै युरोपेली सेयर बजारमा पनि दबाब देखियाे । लन्डन बजार १.६७ प्रतिशत, फ्रान्कफर्ट बजार १.३१ प्रतिशत, पेरिस बजार १.३० प्रतिशत र रोम बजार १.५५ प्रतिशतले घट्याे ।
यो खबरपछि एसियाली बजार पनि राताम्य भएर बन्द भयो । हङकङको बजार ३.०४ प्रतिशतले, सांघाईको बजार १.४० प्रतिशतले, टोकियोको बजार १.६७ प्रतिशतले, बैंककको बजार ०.९० प्रतिशतले घटेको छ ।
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया