शुक्रबार, फागुन २२, २०८२

कैलालीमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, २८ घाइते

मेरोन्यूज २०७९ चैत ७ गते ७:३७

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको वर्दगोरिया र घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भजनी–९ का बासिन्दा छन् । दोहती डगौरा, पेपी डगौरा, ज्योती चौधरी, मगुली चौधरी, मेदी डगौरा, मधु चौधरी, रुपा चौधरी, हिमान्सु चौधरी, अनिता चौधरी, रिदम चौधरी, आरोही चौधरी, तुन्नि चौधरी, ओली चरण चौधरी, रिवस चौधरी, रोहन चौधरी, कृष्णीदेवी डगौरा, रत्ना चौधरी, आशा देवी डगौरा, सग्रामी चौधरी, विपिन चौधरी, फुलराम चौधरी, सन्तोष चौधरी, हिरा चौधरी, रिता चौधरी, क्षितिज चौधरी, अमन चौधरी, रिया चौधरी, बिरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, राकेश चौधरी र सबिन चौधरी घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया