प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँस्ने ६ जना पक्राउ
मेरोन्यूज
२०७९ चैत ८ गते १६:२९

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा छ जनालाई पक्राउ गरिएको छ ।
प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएका छन् । उजुरीका आधारमा छ जनालाई पक्राउ गरिएको दिल्ली प्रहरी प्रमुखले बताएका छन् । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
आम आदमी पार्टी ९आप० को कार्यालयबाट बाहिरिने बित्तिकै एउटा भ्यान रोकिएको थियो । त्यसबाट आपत्तिजनक पोस्टरसहित उनीहरूलाई अपहेलना ऐनअन्तर्गत गिरफ्तार गरेर थप अनुसन्धान थालिएको प्रहरी प्रमुखले एएनआई प्रतिनिधिलाई बताएका छन् ।
सम्बन्धित
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया