भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अस्ट्रेलियाले जित्यो

काठमाडौं । भारतविरुद्ध भारतमै अस्ट्रेलियाले एक दिवसीय श्रृङ्खलामा कब्जा जमाएको छ । ३ खेलको एक दिवसीय अस्ट्रेलियाले २–१ ले जितेको हो ।
शृङ्खलाको अन्तिम खेलमा बुधबार भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको हो ।
वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको अस्ट्रेलियन टिमले त्यसपछिका दुई खेल जित्यो । आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेट जित निकाल्यो ।
बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भारतविरुद्ध २१ जनले जित निकालेको हो । भारतविरुद्धको शृङ्खला जितेसँगै अष्ट्रेलिया एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरको समाप्तिमा सबै विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । दुई सय ७० रनको योगफल पछ्याएको भारत ४९.१ ओभरमा २ सय ४८ रन बनाएर अलआउट भयो ।
भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । पूर्वकप्तान विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए ।
त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहित शर्माले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रन बनाए ।
अस्ट्रेलियाका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँए । अस्टोन एगर दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए ।
अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७, विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रन बनाए ।
भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । हार्दिक पाण्ड्याले तीन तथा मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया