मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर । प्रहरीले मोबाइल चोरी गर्ने र सोही चोरीको मोबाइल खरिद गर्नेलाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका १० कमलविनायकस्थित पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाडौं महानगर १६ माछापोखरी बस्ने २२ वर्षीय जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाडौँ महानगर १६ बालाजु बस्ने ३० वर्षीय रामशरण अछामीलाई पक्राउ गरेको हो ।
यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमल विनायकमा पुस्कल रञ्जितकारले संचालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।
प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाइलमध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मतदान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया