वेष्टइन्डिजले जित्यो दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिज

काठमाडौँ । घरेलु टोली दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिज वेष्टइन्डिजले जितेको छ। गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै वेष्टइन्डिजले तीन खेलको शृंखला २–१ ले जितेको हो।
वेष्टइन्डिजले दिएको २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा भेटाउन सकेन । उसले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४४ बल खेलेर ११ चौका र २ छक्का प्रहार गर्दै ८३ रन बनाए ।
राइली रोसोउले ४२, एडेन माक्ररम ३५, क्विन्टन डिकक २१ र डेभिड मिलरले ११ रन बनाए ।
वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ५ विकेट लिए । जोसन होल्डरको नाममा एक विकेट रह्यो।
त्यसअघि जोहान्सवर्गमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो।
उसका लागि रोमारियो सेफर्डले सर्वाधिक ४४ रन बनाए। सेफर्डले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । निकोलस पुरनले ४१, ब्रान्डम किङले ३६ रन बनाए।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगिसानी एनगिडी, अनरिख नार्खिएले समान २–२ विकेट लिए।
यसअघि ओपनर क्विन्टन डि ककको विष्फोटक शतकको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो टी २० आईमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै शृंखला बराबरी गरेको थियो।
योसँगै दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान बनाएको थियो। त्यसअघि पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो।
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया