वेष्टइन्डिजले जित्यो दक्षिण अफ्रिकाविरूद्धको टी-२० सिरिज

काठमाडौँ । घरेलु टोली दक्षिण अफ्रिकाविरूद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिज वेष्टइन्डिजले जितेको छ। गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै वेष्टइन्डिजले तीन खेलको शृंखला २–१ ले जितेको हो।
वेष्टइन्डिजले दिएको २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित २० ओभरमा भेटाउन सकेन । उसले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४४ बल खेलेर ११ चौका र २ छक्का प्रहार गर्दै ८३ रन बनाए ।
राइली रोसोउले ४२, एडेन माक्ररम ३५, क्विन्टन डिकक २१ र डेभिड मिलरले ११ रन बनाए ।
वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ५ विकेट लिए । जोसन होल्डरको नाममा एक विकेट रह्यो।
त्यसअघि जोहान्सवर्गमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो।
उसका लागि रोमारियो सेफर्डले सर्वाधिक ४४ रन बनाए। सेफर्डले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । निकोलस पुरनले ४१, ब्रान्डम किङले ३६ रन बनाए।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुंगिसानी एनगिडी, अनरिख नार्खिएले समान २–२ विकेट लिए।
यसअघि ओपनर क्विन्टन डि ककको विष्फोटक शतकको सहयोगमा दक्षिण अफ्रिकाले दोस्रो टी २० आईमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै शृंखला बराबरी गरेको थियो।
योसँगै दक्षिण अफ्रिकाले टी २० अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान बनाएको थियो। त्यसअघि पहिलो खेलमा वेस्टइन्डिज तीन विकेटले विजयी भएको थियो।









विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
प्रतिक्रिया