पत्रकार महासंघ ६८औं वर्षमा

काठमाडौँ । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ ६८औं वर्षमा प्रवेश गरेको छ । महासंघ ६८ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अध्यक्ष विपुल पोखरेलले देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्य सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष पोखरेलले विज्ञप्ति जारी गर्दै स्थापनाकालदेखि नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि खेल्दै आएको भूमिका आगामी दिनमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अझ सशक्त बनाउने उल्लेख गरेका छन् ।
प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले इन्टरनेट प्लेटफर्मको अत्याधिक सदुपयोग गर्दै त्यसमार्फत पत्रकारिताको विश्वासनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनु जरुरी रहेको बताएका छन् ।
प्रविधिमैत्री पत्रकारिताका लागि राज्यले पनि आवश्यक वातावरण र अवसर निर्माण गर्नुपर्ने आमसञ्चार प्रतिष्ठान स्थापना गरी पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यसँग अध्यक्ष पोखरेलले आग्रह गरेका छन् ।
स्थापना दिवसको अवसरमा महासंघले लुम्बिनीमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।















झापा-५ मा ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि
४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया