प्रचण्ड सरकारको १०० दिन
सरकारकै नजरमा यी हुन् ३७ बुँदे उपलब्धी (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार निर्माण भएको सय दिन पुगेको छ । सामान्यतयाः सय दिनलाई सरकारको मधुमासको समय पनि भनिन्छ । सय दिनसम्म सरकारले गरेका कामको आलोचना गर्ने काम कमै मात्रामा राजनीतिक दलहरुले गर्ने गर्छन ।
प्रचण्डले पुस १० मा नेकपा एमालेसहितका दलहरुको साथ लिएर देशको बाागडोर सम्हाल्ने मौका पाएका थिए । संसदको तेस्रो दलका रुपमा रहेको माओवादी अध्यक्ष प्रचण्डले त्यसबेला एमाले, राप्रपा, रास्वपा लगायतका दलहरुको साथ लिएर प्रधानमन्त्री बन्ने अवसर पाएका थिए ।
तर उनले राष्ट्रपति निर्वाचनमा फेरिएको समिकरणका कारण एमाले , राप्रपा लगायतका दलहरु सरकारबाट बाहिर पुगे । प्रचण्डले सत्तामा नयाँ सहयात्री पाए । कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुलाई साथ लिएर उनी अहिले सरकारको बागडोर सम्हालिरहेका छन् ।
सय दिनमा प्रचण्ड नेतृत्वको सरकारले दुई पटक संसदमा विश्वासको मतको सामना गरेका थिए । धेरै जसो मन्त्रालय त उनले लामो समयसम्म आफैसँग राखेका थिए । जसकाकारण उनको सरकारले सय दिनमा उल्लेखनिय काम नगरेको आरोप लागेको छ ।
सरकारकै तर्फबट भने आफनो सय वर्षमा ३७ बुँदे उपलब्धी हासिल गरेको दावी गरेको छ ।
हेर्नुहोस सरकारकै नजरमा सय दिनमा सरकारको उपलब्धी
















अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
42 days to go for HoR elections: Complaints against nominations being investigated
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया