उपेन्द्रले आफ्ना लागि राखे पार्टीको भागमा परेको मन्त्रालय
उपेन्द्र र रविको ढिपीले पाउन सकेन मन्त्रिपरिषद्ले पूर्णता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग १८ हजार ६३ मतले पराजित यादव यो पटक पनि जित्ने यकिन छैन ।
तर, उनले १० दलीय सत्ता गठबन्धनमा जसपाको भागमा परेका दुई मन्त्रालय मध्य आफ्नो लागि एउटा मन्त्रालय राखेका छन् ।
मन्त्रालय भागबण्डामा जसपाको भागमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय परेको थिए ।
पार्टी भागमा परेकामध्य वरिष्ठ नेता अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । वन तथा वातावरण मन्त्रालय भने यादवले आफ्ना लागि भनेर राखेका छन् । यो मन्त्रालयमा जान सांसद प्रदीय यादवलगायतका सांसद आकांक्षी थिए ।
यादवले ‘म उपनिर्वाचन जितरेर आएर यो मन्त्रालय संहाल्ने हो’ भने पछि चुप छन् । उनले उपप्रधानमन्त्रीसहित वनमन्त्री बन्ने ध्याउन्नमा छन् ।
उनको यो ढिपी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पनि उपनिर्वाचन पछि सरकार आउने बताएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । रास्वपामा पनि अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनपछि आफ्नै नेतृत्वमा सरकारमा आउने भनेर तत्काल नआउने जानकारी प्रधानमन्त्री दाहाललाई गराएका छन् ।
अर्को प्रमुख सत्तारुढ दल कांग्रेसले पनि आफ्नो भागमा परेका ८ मध्य ४ मन्त्री मात्रै पठाएकाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।
दाहाले ‘एक दुई दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने’ सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् । उपेन्द्रले भने आफ्नो पार्टीमा परेको वनमन्त्री उपनिर्वाचन नसकिँदासम्म सिफारिस नगर्ने अड्डी लिएका छन् । जसतो मन्त्रिपरिषद् तत्काल पूर्ण हुने सम्भावना देखिन्न ।
७ पटकसम्म विस्तार गर्दा पनि प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय गरी ६ मन्त्रालय छन् ।
सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपा, नाउपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई १÷१ मन्त्रालय पाउने सहमति भएको थियो ।

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया