टेस्लाले सांघाईमा ऊर्जा भण्डारण मेगा कारखाना निर्माण गर्ने

काठमाडौँ । अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन)ले आइतबार सांघाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ ।
फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ । टेस्लाका अधिकारीले सांघाईमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भने, ‘नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमिनको जोहो गर्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्नेछ ।’
नयाँ कारखानाले सुरुमा प्रत्येक वर्ष १० हजार मेगाप्याक युनिट उत्पादन गर्ने छ । जुन प्रतिघण्टा लगभग ४० गिगावाट ऊर्जा भण्डारण बराबर हुनेछ । कम्पनीका उत्पादनहरू विश्वव्यापी रूपमा बिक्री गरिने सम्झौतामा उल्लेख छ ।
यो चीनको लिन ग्याङ विशेष क्षेत्र (सांघाई) पाइलट फ्री ट्रेड जोनमा अवस्थित हुनेछ । कारखानाको अवतरणले सय अर्ब युआन (१४.६ बिलियन अमेरिकी डलर)भन्दा बढीको अर्को औद्योगिक क्लस्टर सिर्जना गर्ने अपेक्षा गरिएको लिन ग्याङ विशेष क्षेत्रका लु युले बताए ।
सांघाई नगर सरकारका उपमहासचिव झुआङ मुदीका अनुसार परियोजनाले नयाँ ऊर्जा भण्डारण उद्योगको विकास र सांघाईको हरित र कम कार्बन रूपान्तरणलाई नियन्त्रण गर्न मद्दत गर्नेछ ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया