कंगोमा अज्ञात समूहको आक्रमणमा परी २० जनाको मृत्यु
काठमाडौँ । पूर्वी कंगोमा एक विद्रोही समूहले गरेको भनिएको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ ।
एलाइड डेमोक्रेटिक फोर्सेस (एसडीएबफ)ले एनेबुला गाउँ नजिकै शुक्रबार अपराह्न ४ बजे किसानमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेले एएफपीलाई फोनबाट जानकारी गराए ।
मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा शहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्यास्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताए ।
ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको बताए । क्षेत्रीय सैन्य प्रशासक चाल्र्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडीएफ आतंककारीहरू’ जिम्मेवार रहेको दाबी गरे ।
सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडीएफमाथि हजारौं सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।
सन् २०१९ यता पूर्वी डीआरसीमा एडीएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भीडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ ।
मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमा नजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । बिहीबार कंगोस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन मोनुस्कोले छिमेकी इटुरी प्रान्तमा एडीएफको आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको थियो ।
गत महिना अमेरिकाले एडीएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया