इजरायल-ग्रीस बीच ४०० मिलियन अमेरिकी डलरको सम्झौता

काठमाडौँ । इजरायलले ग्रीसलाई ट्याङ्कविरोधी स्पाइक मिसाइल बेच्न १.४४ अर्ब शेकेल (लगभग ४०० मिलियन अमेरिकी डलर)को सम्झौतामा हस्ताक्षर गरेको छ ।
इजरायली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सम्झौताअन्तर्गत इजरायलले ग्रीसलाई नौसेना, वायु र भूमिमा आधारित स्पाइक मिसाइलहरू उपलब्ध गराउने उल्लेख गरेको छ ।
“यो परियोजना इजरायल र ग्रीसबीचको सम्झौताको शृङ्खलाअन्तर्गतको एक भाग हो । दुई देशका रक्षा प्रतिष्ठानहरूबीचको बलियो साझेदारीलाई जोड दिँदै क्षेत्रीय स्थायित्वका निम्ति आपसी प्रतिबद्धतालाई जोड दिन्छ,” इजरायली रक्षामन्त्री योभ गालान्टले उल्लेख गरेका छन् ।
स्पाइक इजरायली राज्यको स्वामित्वमा रहेको रक्षा प्रविधि कम्पनी राफेल एडभान्स्ड डिफेन्स सिस्टम्सद्वारा निर्मित र निर्देशित सटीक इलेक्ट्रो–अप्टिकल मिसाइल हो । यसअन्तर्गत क्षेप्यास्त्रलाई जमिन, हावा र समुद्रमा करिब ४५ प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ ।
इजरायली रक्षा मन्त्रालयका अनुसार युरोपियन युनियन र नेटोका १९ सदस्य राष्ट्रसहित ४० भन्दा बढी देशले स्पाइक मिसाइल प्रयोग गर्छन् ।
















मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया