सोमबार, मंसिर १५, २०८२

रियल मड्रिडले हरायो चेल्सीलाई

मेरोन्यूज २०७९ चैत ३० गते ६:५८

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरेका थिए । चेल्सीका बेन चिलवेलले खेलमा रातो कार्ड पाएका थिए ।

खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।

अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ ।

प्रतिक्रिया