नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् प्रख्यात ठाउँ

नयाँ वर्ष आएसँगै नेपालीहरुमा नयाँ जोस र उमंग छाउने गर्छ । यसबेला उनीहरु एकअर्कासँग रमाइलो गरेर खुसी साट्छन् । यसै अवसरमा उनीहरु घुमफिरका लागि विभिन्न रमणिय ठाउँ जाने गर्छन् ।
नेपालमा घुम्नका लागि प्रशस्त ठाउँ छन् । त्यसमा पनि केहि मुख्य ठाउँ छन् जुन तपाईका लागि उपयुक्त हुन सक्छन् ।
सौराहा चितवन

नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तब्य हो। यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । यहाँ हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । यहाँ रहेकाे राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् ।
एक दशक अघिसम्म यहाँ खरले छाएका स–साना ‘छाप्रा–होटल’ हरू थिए । पछिल्लो समय यहाँ टिपिकल नेपाली ‘होमस्टे’ देखि सुविधासम्पन्न आधुनिक होटल तथा रिसोर्टहरू खुलेका छन् ।
नगरकोट

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । काठमाडौंबाट करिब ३२ किलोमिटर उत्तर-पूर्वमा रहेको नगरकोट भक्तपुरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको यो ठाउँमा गर्मी मौसममा पनि चिसो वातावरणको आनन्द लिन सकिन्छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँबाट मौसम सफा भएको बेला उत्तरका मनमोहक हिमालय र सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । नगरकोटबाट धौलागिरि हिमशृङ्खला, कञ्चनजङ्घा हिमशृङ्खला, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल समेत हेर्न सकिन्छ ।
खानपिन र बसोबासका लागि सामान्यदेखि स्तरीय होटेल तथा रिसोर्टहरूको समेत सुविधा भएको नगरकोट कमल विनायकबाट सार्वजनिक यातायात चढेर पनि पुग्न सकिन्छ ।
पोखरा

नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । यहाँको प्रमुख आकर्षण फेवाताल हो। पोखरा घुम्न आउने कोही पनि फेवातालमा बोटिङको मज्जा लिन छुटाउदैनन् ।
फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्बा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । यहाँबाट पोखराको शुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो हुन्छ ।
पोखरामा रहेको विन्दावासिनी मन्दिर नेपालकै चर्चित मन्दिरमा पर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ ।
प्याराग्लाइडिङ, बञ्जीजम्प, अल्ट्रालाइट फ्लाइट, जीप फ्लाई पोखराका मुख्य आकर्षण हुन् ।
त्यस्तै, बेगनास ताल, महेन्द्र गुफा, चमेरे गुफा, रुपा ताल, माटेपानी गुम्बा, बसुन्धरा पार्क, काउडाडा भ्यु टावर, सराङकोट भ्यु टावर, भिमसेन मन्दिर, अन्नपूर्ण संग्रहालय, सेती खोला, लभ्ली हिल, हलन चोक, सेती गण्डकी, पुरानो पोखरा, गोरखा संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय आदि पोखरा गएपछि हेर्नै पर्ने ठाउँहरु हुन्।
रारा

कर्णाली प्रदेशकै उत्कृष्ट रमणीय ठाउँ हो रारा । नेपालकै सबैभन्दा ठूलो र प्रसिद्धका रूपमा यहाँ रहेकाे ताललाई लिइन्छ । खुला मौसम आगमनसँगै रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने गर्छ ।
राराको सुन्दरता, वन्यजन्तु, वनस्पति, वनजङ्गल, हिमाल, पहाडको अध्ययन तथा अवलोकन गर्न पर्यटकहरु यहाँ आउने गरेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुन्छ ।
घान्द्रुक

कास्कीको अन्नपूर्ण गाउँपालिकाको गुरुङ गाउँ ‘घान्द्रुक’ पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।
समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ ।
घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोरेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाट शुरु हुने भएकाले अन्नपूर्ण पर्यटकीय हिसाबले यो निकै महत्वपूर्ण छ ।
पोखरा बाग्लुङ सडक खण्डको नयाँपुल ओर्लेर बिरेठाँटी बजारबाट उल्लेरी हुँदै अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकहरुका लागि उत्कृष्ट गन्तब्य हो घान्द्रुक ।
गुरुङ समुदायको बसोबास रहेको घान्द्रुकमा प्रशस्त गुरुङ होमस्टे छन् । सस्तो बसाइ र घरपरिवारसँगै रमाएको अनुभुति गर्न पाइने भएकाले पनि यहाँ आउने पर्यटकको रोजाइमा होमस्टे पर्ने गरेको छ ।
लुम्बिनी

लुम्बिनी विश्वकै पर्यटक आकर्षक गन्तव्य हो । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्त स्थल हो। परिवार वा साथीभाइको साथ लुम्बिनी घुम्न आएमा यहाँ दिन बितेको थाहै हुँदैन। यहाँ बर्सेनि लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरु आउँछन्। विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो।
लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु भनेको मायादेवी मन्दिर हो। बुद्धको जन्म श्यसहितको प्राचीन मायादेवी मूर्ति मायादेवी मन्दिरभित्र अवस्थित छ। मायादेवी मन्दिरभित्र रहेको मार्करस्टोन हेर्नका लागि पनि आम मानिसको घुइँचो लाग्ने गरेको छ।
मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी रहेको छ। अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाण दिन्छ। त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तर दिशातर्फ शान्तिदीप छ, जुन २४ घन्टा नै बलिरहन्छ। अद्भुत मानिएको यो दीप पानी पर्दासमेत निभ्दैन। दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुंगा चढेर पनि रमाउने गर्छन्।
इलाम

नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।
मुस्ताङ

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङ भ्रमणका लागि लोकप्रिय गन्तव्य हो । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको भूबनोटको दृश्यावलोकन गर्न धेरै जसो पर्यटक पुग्ने गर्दछन् ।
यहाँका भेडा, च्याङ्ग्रा र गधाका बथान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण हुन् । मुस्ताङ उत्तरमा देख्दै आएका हिमाल जोमसोम पुगेपछि दक्षिणतिर देखिन्छन् । बिहानको समयमा जता हेरेपनि हिमालै हिमाल देखिन्छन् । दिउँसो भने हिउँ पग्लेर पहाड देखिन्छ ।
मुक्तिनाथबाट जति माथि गयो उति फरक फरक आकार र रङ्गका सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगर देख्न सकिन्छ ।
कागबेनीबाट मुक्तिनाथ उकालो लागेपछि पुरानो कागबेनी बजार, छिनछिनमा बाटो फेर्ने कालिगण्डकी अनि निलो आकाशमुनिका चुच्चे हिमालले मनै लोभ्याउँछ ।
मुक्तिनाथ पुगेपछि प्रकृतिको सुन्दरतासँगै धार्मिक सुन्दरता पनि देखिन्छ । नेपालीसहित विभिन्न देशबाट पुगेका पर्यटकले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्छन् । मनले चिताएको पुग्ने विश्वास रहेकाले मुस्ताङ पुग्ने धेरैजसो मुक्तिनाथ पनि पुग्छन् ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया