एसिसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा आइतबार अन्तिम १४ सदस्यीय टोली घोषणा भएको हो ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी रहेका छन् ।
एसिसी प्रिमियर कप मंगलबारदेखि त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित रंगशालामा सुरु हुनेछ ।
१० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । नेपालले मूलपानीमा साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ । नेपालले वैशाख १४ गते कतारसँग खेल्नेछ। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
भिरबाट लडेर वडासदस्यको मृत्यु
मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया