उपनिर्वाचन जित्न मधेस सरकारको नेतृत्व कांग्रेसलाई दिन तयार भए उपेन्द्र

काठमाडौँ । बारा–२ मा हुन लागेको उपनिर्वाचनमा पूर्णरूपमा सहयोग गर्न नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग मधेस सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने शर्त राखेको छ ।
४ मंसिरमा भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग अप्रत्यासित हार व्यहोरेका यादव बारा–२ बाट जसरी पनि उपनिर्वाचन जित्ने ध्याउन्नमा छन् ।
सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग चुनाव हारेका जसपा अध्यक्ष यादवले आफू संसद्मा आउनकै लागि रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त निर्वाचनबाट चुनाव लड्न आएका हुन् । त्यसैको मौका छोपेर कांग्रेसले प्रदेशको नेतृत्वमा आलोपालोको प्रस्ताव ल्याएको हो ।
बारा–२ मा कांग्रेसले ‘च्याखे दाउ’ अघि सारेपछि यादव दोधारमा परेका उनी निकट नेताहरू बताउँछन् । तर, जसरी भए पनि संसद्मा भित्रिएर सरकारमा पुग्ने दाउँमा रहेका यादवले मधेस प्रदेश सरकारको नेतृत्व दिन तयार भएका छन् ।
कांग्रेस र जसपाबीच केही दिनअघि सरकार आलोपालोको विषयमा गोप्य समझदारी भइसकेको कांग्रेसका एक नेताले दाबी गरे । कांग्रेसको सहयोगबिना यादवले चुनाव जित्न नसकिने बुझेर मधेशको सत्ता आलोपालो गर्न सहमत भएको जसपा नेताहरू बताउँछन् ।
‘उपेन्द्रजीलाई जसरी पनि चुनाव जितेर संसद् जानु छ, त्यसका लागि जसपाले त्याग गरेको छ,’ जसपाका ती नेताले भने ।
जसपालाई समर्थन गर्नुअघि कांग्रेसका प्रदेशसभाका सभापति तथा मुख्यमन्त्रीको दाबी गर्दै आएका नेता कृष्ण यादवले मधेशमा कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्ने माग अघि बढाएका थिए ।
आलोपालो नगरी कांग्रेसले सहयोग गर्ने नदेखेपछि कांग्रेसका शीर्ष तहका नेतासँग छलफल गरेर उपेन्द्रले मधेस सरकारको नेतृत्व दिन आफू तयार भएको बताएका थिए । सत्ताको विषयमा कुरा मिलेपछि बारा–२ मा उपेन्द्र यादवको पक्षमा चुनावी परिचालनका लागि कांग्रेसले पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवलाई खटाएको छ ।
१ सय ६ सदस्यीय रहेको मधेस प्रदेशसभामा गठबन्धनबाट कांग्रेस ठूलो दल हो । मधेश प्रदेशसभामा एमालेका २३, कांग्रेसको २२, जसपाको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६ र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीबाट १/१ सांसद छन् ।










अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया