ताइवानले अमेरिकासँग ४०० एन्टी शिप हार्पुन मिसाइल किन्ने

काठमाडौं । ताइवानले अमेरिकाबाट ४०० वटा एन्टी शिप हार्पुन मिसाइल किन्ने भएको छ । उसले चीनको सामना गर्न यी क्षेप्यास्त्रहरू प्रयोग गर्नेछ । ताइवानले हालै अमेरिकासँग ४०० एन्टी(शिप मिसाइलका लागि १।१७ अर्ब डलरको सम्झौता घोषणा गरेको थियो । तर, यो अवधिमा पेन्टागनले कुन देशसँग सम्झौता गरेको हो भन्ने बताएको छैन ।
ब्लूमबर्गको रिपोर्टका अनुसार ताइवान यी मिसाइलहरूको खरिदकर्ता हो । सम्झौताको घोषणासँगै पेन्टागनले क्षेप्यास्त्रको उत्पादन सन् २०२९ सम्ममा सम्पन्न गर्ने बताएको छ । यसअघि ताइवानले जहाजबाट प्रक्षेपण गर्न सकिने हार्पुन मिसाइल पनि किनेको छ । यी एन्टी शिप मिसाइलहरु अमेरिकाको बोइङ कम्पनीले बनाएको हो ।
ब्लुमबर्गले युएस(ताइवान बिजनेस काउन्सिलका अध्यक्ष रुपर्ट ह्यामन्ड(चेम्बर्सलाई उद्धृत गर्दै बोइङसँग एन्टी(शिप मिसाइलका लागि पनि सम्झौता भएको बताएको छ ।
यसैगरी, यो सम्झौताअघि कम्पनीलाई हार्पुन कोस्टल डिफेन्स सिस्टमसँग सम्बन्धित प्रक्षेपण उपकरण बनाउन ४९ करोड ८० लाख डलरको ठेक्का पनि दिइएको छ । यसमा मोबाइल ट्रान्सपोर्टरहरू, रडारहरू र प्रशिक्षण उपकरणहरू समावेश छन् । पेन्टागनले यस विषयमा कुनै पनि बयान दिन अस्वीकार गरेको छ ।
ताइवानको रक्षा मन्त्रालयका प्रवक्ता सुन ली–फाङले यस खरिदबारे जानकारी पहिल्यै दिएको थियो । ताइवानले सन् २०२० मा पनि अमेरिकाबाट हार्पुन मिसाइल किन्न इच्छा व्यक्त गरेको थियो ।
अप्रिल ८ मा चीनले ताइवानको फुजियान प्रान्तको पिङटान टापु नजिकै ४ वटा क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको थियो । तीन दिने अभ्यासमा कुल १७२ चिनियाँ लडाकु विमान उडेका थिए । यस क्रममा चीनको पिपुल्स लिबरेसन आर्मी ९पीएलए० ले प्रत्यक्ष गोलाबारुद प्रयोग गरेको थियो । ताइवानकी राष्ट्रपति साइ इङ वेनको अमेरिकी सभामुख म्याकार्थीसँगको भेटपछि चीन आक्रोशित हुदै ताइवान नजिक सैन्य अभ्यास गरेको थियो ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया