जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिदा एकको मृत्यु आठ घाइते
हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी

काठमाडौँ। जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बन्दै गरेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदागरिरहेका एक जना श्रमिकको ज्यान गएको हो ।
नलगाढ नगरपालिका १२ मा पर्ने पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।
घाइतेहरूको अवस्था गम्भीर भएकाले हेलिकोप्टर मगाएर नेपालगञ्ज पु¥याउने तयारी भइरहेको प्रजिअ पन्तले मेरोन्युजलाई जानकारी दिए ।
घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।
केही बेरअघि कामदारहरूले काम गरिरहेकै अवस्थामा पुल भाचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दार गरिरहेको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया