दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला
मेरोन्यूज
२०८० वैशाख ११ गते १५:५१
काठमाडौँ । बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ ।
कक्स बजार सदर पुलिस कार्यालयका इञ्चार्ज रफिकुल इस्लामले पत्रकारलाई बताएअनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शव फेला परेका थिए । पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।
स्थानीय डुङ्गा चालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीले बताएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शबको पहिचान हुन सकेको छैन ।
लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिनअघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया