नेपाल ४०.३ ओभरमा १५७ रनमै अलआउट

काठमाडौँ । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल ४० ओभर ३ बलमा १५७ रन बनाएर अलआउट भएको छ । समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटर टिक्न सकेनन् ।
कप्तान रोहित पौडेलले ३६ बलमा २७ रन बनाए ।
सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए । भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल २७ रन बनाएर आउट भए।
कुशल मल्ल पाँचौ विकेटको रुपमा ३ रन मात्र जोडेर आउट भए । सोमपाल कामी ११ रन बनाएर नेपालले २१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोडेको थियो।
सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी १२ रन मात्र जोडेर आउ६ भए । २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै आउट गरे ।
ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए । सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भएको थियो। २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए।
बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे।
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया