सोमबार, मंसिर १५, २०८२

आइपिएलः पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो लखनउ

मेरोन्यूज २०८० वैशाख १६ गते ७:१८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको २५८ रनको लक्ष्य पछाएको पञ्जाब्ले १९.५ ओभरमा अलआउट हुदै २०१ रन बनाएपछि खेल ५६ रनले हारेको हो ।

पञ्जाबका लागि अथर्व टयडले सर्बाधिक ६६ रन बनाए भने सिकन्दर राजाले ३६ रन बनाए । त्यस्तै जितेश शर्माले २४, लियाम लिभिंग स्टोनले २३, साम करणले २१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनाएको थियो ।

लखनउका लागि यस खेलमा मार्कस स्टोइनिसले सर्बाधिक ७२ रन बनाए भने कील मेयर्सले ५४, निकोलस पुरनले ४५, आयुष बदानीले ४३ रन बनाएका थिए ।

यो जितपछि जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जाबको भने ८ खेलमा ४ जितसहित ८ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया