अमेरिकाको समस्याग्रस्त फर्स्ट रिपब्लिक बैंक किन्दै जेपी मोर्गन

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजले समस्याग्रस्त क्षेत्रीय बैंक फर्स्ट रिपब्लिक बैंक किन्ने भएको छ । जेपी मोर्गनले बैंकमा रहेको डिपोजिटसहित सबै लगानी समेत किन्ने भएको हो ।
यसबाहेक पनि बैंकको लगभग सबै सम्पत्ति पनि जेपीकै हातमा जाने क्यालिफोनिर्याको वित्तीय सुरक्षा तथा नवप्रवर्तन विभागले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
अन्य बैंकहरूले समस्यामा परेकाे रिपब्लिकको उद्धारमा पैसा लगाउनै आनाकानी गरेका थिए । केहीले भने बैंक लिलाम भएमात्रै लगानी गर्ने बताएका थिए ।
फस्ट रिपब्लिकन बैंक पछिल्लो केही महिनायता टाट पल्टिएको तेस्रो बैंक हो । यसअघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका थिए ।
यो वर्षको अहिलेसम्मको अवधिमा बैंकको शेयर मूल्य ९७ प्रतिशतले घटेको छ । शुक्रवार बैंकको शेयर प्रतिकित्ता २ डलर ९९ सेन्टको कीर्तिमानी न्यून स्तरमा आएर बन्द भएको थियो ।
एजेन्सी
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया