युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएका फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका हुन् ।
युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्नुहुने अधिकारीहरूले बताएका छन् ।
युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नेछन्।
नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गर्नुभएको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया