आईपीएलमा कोलकातासँग हैदरावाद ५ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनायो ।
हैदरावादका लागि कप्तान एडन मारक्रमले ४१, हेनरिक क्लासनले ३६, अब्दुल समदले २१, मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रन बनाए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले २, २ विकेट लिए ।
हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलाकाताको लागि कप्तान नितिश राणाले ४२, रिंकु सिंहले ४६ र आन्द्रे रसेलले २४ रन बनाए ।
हैदरावादका लागि म्याक्रो जेन्सन र भुवनेश्वर कुमारले २, २ विकेट लिए ।
यो जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ भने हैदरावाद नवौं स्थानमा छ ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया