आईपीएलमा कोलकातासँग हैदरावाद ५ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनायो ।
हैदरावादका लागि कप्तान एडन मारक्रमले ४१, हेनरिक क्लासनले ३६, अब्दुल समदले २१, मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रन बनाए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले २, २ विकेट लिए ।
हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलाकाताको लागि कप्तान नितिश राणाले ४२, रिंकु सिंहले ४६ र आन्द्रे रसेलले २४ रन बनाए ।
हैदरावादका लागि म्याक्रो जेन्सन र भुवनेश्वर कुमारले २, २ विकेट लिए ।
यो जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ भने हैदरावाद नवौं स्थानमा छ ।
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया