आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं । २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फु कन्ट्याक्ट कराँते प्रतियोगिता अन्तर्गत महिला ५० केजी मुनिको तौल समूहमा क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिाका थारु सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हातामा भएको खेलमा विपक्षी खेलाडीलाई अंकको आधारमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । उनीहरुसँगै केडब्लुडब्लुकी शिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
नेपाल क्योकुसिन कराँते डो संघ (वज्र) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष खुलामा नेपाल आर्मीका विनय सिंह, एपीएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङतान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आईकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्मा क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिता अन्र्तगत महिला खुलामा आर्मीकी मञ्जु विक, एपीएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको संघीय सांसद् पशुपतिसमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, राप्रपाका केन्द्रिय सदस्य राजाराम श्रेष्ठ, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो । ४ स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया