आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं । २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फु कन्ट्याक्ट कराँते प्रतियोगिता अन्तर्गत महिला ५० केजी मुनिको तौल समूहमा क्योकुसिन वज्रका आशा गिरी र स्वस्तिाका थारु सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हातामा भएको खेलमा विपक्षी खेलाडीलाई अंकको आधारमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । उनीहरुसँगै केडब्लुडब्लुकी शिवानी आले मगर तथा बुदोकैदोकी उषा रावलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
नेपाल क्योकुसिन कराँते डो संघ (वज्र) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष खुलामा नेपाल आर्मीका विनय सिंह, एपीएफका भुपेन्द्र विक, केडब्लुडब्लुका होमबहादुर राई, क्योकुसिन वज्रका अनुप श्रेष्ठ, एफआईकेकेका विजय स्याङतान, क्योकुसिन वज्रका रविन्द्र बुढाथोकी, आईकेओका विक्रम मोक्तान र क्योकुसिन वज्रका सन्तोष विश्वकर्मा क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिता अन्र्तगत महिला खुलामा आर्मीकी मञ्जु विक, एपीएफकी सुमित्रा नगरकोटी, क्योकुसिन वज्रकी गायत्री रोक्का, केडब्लुडब्लुकी अनिशा तामाङ, आर्मीकी अनुपा नेपाली, क्योकुसिन वज्रकी बसन्ती तामाङ, केडब्लुडब्लुकी रसिला श्रेष्ठ र आर्मीकी सपना आले मगर क्वाटरफाइनलमा पुगे ।
प्रतियोगिताको संघीय सांसद् पशुपतिसमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, राप्रपाका केन्द्रिय सदस्य राजाराम श्रेष्ठ, आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतको उपस्थिति रहेको थियो । ४ स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् । प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया