मंगलबार, मंसिर १६, २०८२

राजस्थान हैदरावादसँग ४ विकेटले पराजित

मेरोन्यूज २०८० वैशाख २५ गते ६:३२

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ४ विकेटले पराजित भएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गरेपछि राजस्थान पराजित भयो ।

यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।

हैदरावादको जितमा अनमोलप्रित सिंह ३३, अभिषेक शर्माले ३४ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ५५, राहुल त्रिपाठीले ४७, र अब्दुल समादले १७ रन बनाए ।

राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले ९५, र सन्जु सामसनले ६६ र यशस्वी जयशवालले ३५ रन बनाए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए ।

प्रतिक्रिया