राजस्थान हैदरावादसँग ४ विकेटले पराजित
मेरोन्यूज
२०८० वैशाख २५ गते ६:३२

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ४ विकेटले पराजित भएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गरेपछि राजस्थान पराजित भयो ।
यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।
हैदरावादको जितमा अनमोलप्रित सिंह ३३, अभिषेक शर्माले ३४ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ५५, राहुल त्रिपाठीले ४७, र अब्दुल समादले १७ रन बनाए ।
राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले ९५, र सन्जु सामसनले ६६ र यशस्वी जयशवालले ३५ रन बनाए ।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया