दोस्रो जनआन्दोलनका शक्त घाइते मुकेश कायस्थको निधन

काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
२०६२ चैत २७ गतेको आन्दोलनमा कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेका मुकेशको बुधबार साँझ उपचारका क्रममा निधन भएको हो ।
१४ वर्षको उमेरका कञ्चटमा गोली लागेर ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
कायस्थको आज (बिहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।
१७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए । निरन्तरको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने भएका थिए ।
२०७५ असारमा अचानक बिरामी परेपछि फेरि अर्धचेत भएका थिए । लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७ः३० बजे निधन भएको हो ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया