काे हुन् ट्विटरको नयाँ सीईओ लिन्डा याकरिनो ?

सामाजिक सञ्जाल ट्विटरले नयाँ सीईओ पाएको छ । कम्पनीका मालिक एलोन मस्कले शुक्रबार ट्वीट गर्दै नयाँ सीईओको नाम घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘म ट्विटरको नयाँ सीईओका रूपमा लिन्डा याकरिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु! लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछन्, म भने उत्पादन डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु।’
उनले आगामी ६ हप्तामा सीईओको कार्यभार सम्हाल्ने बताइएको छ।
काे हुन् लिन्डा याकरिनो ?
लिन्डा याकारिनो २०११ देखि एनबीसी युनिभर्सलमा कार्यरत छिन्। उनी कम्पनीको अध्यक्ष, ग्लोबल एड र पार्टनरशिपको रूपमा काम गर्छिन्। यसअघि लिन्डाले मनोरञ्जन तथा डिजिटल विज्ञापन विभागमा पनि काम गरिसकेकी छिन् । लिन्डाले टर्नरमा १९ वर्षसम्म काम गरिन् । त्यहाँ उनले कार्यकारी उपाध्यक्ष, सीईओ, विज्ञापन प्रमुख र अधिग्रहण प्रमुखको रूपमा काम गरेकी थिइन्।

लिन्डा एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्। फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा छानिसकेका छन्। उनको शिक्षाको बारेमा कुरा गर्दा, उनले पेन स्टेट युनिभर्सिटीबाट लिबरल आर्ट्समा डिग्री गरेकी छिन्।
लिन्डाले क्लाउड पिटर मड्राजोसँग विवाह गरिन्। दुवै इटालियन मूलका हुन् र न्यूयोर्कमा बस्छन्।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया