इथियोपियामा हैजाः ९४ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ ।
युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ ।
प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र एकाइ सञ्चालनमा रहेको र मे महिनाको सुरुसम्ममा अनुमानित ३५ हजार ८५० जनाले स्वच्छ पिउने पानी पाएका छन् ।
युएनओसीएचएको तथ्याङ्कअनुसार करिब एक लाख मानिसलाई यसअघि खोप लगाइएको थियो भने अप्रिलको सुरुसम्म उपलब्ध १९ लाख डोजसहितको नयाँ चरणको हैजा खोप अभियान मे महिनाको मध्यतिर सुरु हुनेछ । यद्यपि, प्रभावित क्षेत्रमा ७० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले यो अभियानबाट लक्षित समूहले सेवा पाउनेमा शङ्का व्यक्त गरिएको छ ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया