आइतबार, वैशाख २७, २०८३

अदालतले जमानत दिएपछि लाहोर फर्किए इमरान खान

मेरोन्यूज २०८० वैशाख ३० गते ९:४०

पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खान शुक्रबार राति लाहोरस्थित आफ्नो घर जमान पार्क फर्किएका छन् । खानलाई इस्लामावाद र लाहोर उच्च अदालतबाट एकैपटक ३ वटा राहत मिलेको छ ।

Advertisement
NiccNicc

इस्लामाबाद उच्च अदालतले उनलाई अल कादिर विश्वविद्यालय मुद्दामा दुई हप्ताको लागि जमानत दिएको छ । साथै, अदालतले खानलाई मे १७ सम्म पक्राउ नगर्न आदेश दिएको छ ।

लाहोर उच्च अदालतले पनि पूर्वप्रधानमन्त्री खानलाई मे २२ सम्म ४ वटा मुद्दामा जमानत दिँदै उनको गिरफ्तारीलाई १५ मे सम्म रोकेको छ ।

हिरासतबाट बाहिरिएपछि इमरान खानले भने–’यो सबै सेना प्रमुखको आदेशमा भइरहेको छ । उनीहरुलाइ डर छ म सत्तामा आए भने हटाउनेछु। तर, म त्यसो गर्दिन र यो मैले उनीहरूलाई पनि भनें। सेनामा लोकतन्त्र भन्ने कुरा हुँदैन ।’

प्रतिक्रिया