शुक्रबार, वैशाख २५, २०८३

विधानसभा निर्वाचनः कर्नाटकमा आफ्नै बलमा सरकार बनाउनेतर्फ कंग्रेस आई

मेरोन्यूज २०८० वैशाख ३० गते १०:५२

काठमाडाैं । कर्नाटकमा विधानसभा चुनावको मतगणना जारी छ। बुधबार सम्पन्न विधानसभा निर्वाचनको हालसम्मको मतगणनामा कंग्रेस आईले अग्रता कायम गरेको छ ।

Advertisement
NiccNicc

दैनिक भास्करका अनुसार जारी मतगणनामा कंग्रेसले ११८ क्षेत्रमा अग्रता लिइरहेको छ। भारतीय जनता पार्टी (भाजपा) ७४ क्षेत्रमा अग्रता कायम गर्दै दोस्राे स्थानमा रहेको छ । त्यस्तै जनता दल सेकुलर (जेडिएस) ले २५ क्षेत्रमा अग्रता लिएको छ ।

यसअनुसार कंग्रेसले ४३ प्रतिशत, भाजपाले ३६.३ प्रतिशत र जेडीएसले १२.७ प्रतिशत मत पाएको देखिन्छ ।

यहाँ बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ। कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले नै अग्रता लिइरहेको छ। कंग्रेसले कर्नाटकमा आफ्नै बलमा सरकार बनाउने भन्दै कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय बाहिर झण्डा फहराउँदै उत्सव मनाउन थालिसकेका छन् ।

मतगणनाको अन्तिम परिणाम आज दिउँसोसम्म आइसक्ने बताइएको छ।

प्रतिक्रिया