गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको टेक्सासमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् ।
डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो ।
पक्राउ पुर्जीमा जनाइएअनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए ।
कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ । टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ ।
शपथपत्रमा भनिएको छ, “संदिग्ध व्यक्ति बच्चाका पिता भएको यो विश्वास गरिएको छ ।” न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन् ।
प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७ः३० बजे झगडा गरिरहेको देखिएको छ ।
प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुइँमा लडेकी थिइन् । भुईंमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोराएर आक्रमण गरेका थिए । न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया