सोमबार, मंसिर १५, २०८२

प्रभसिमरनको शतकमा पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो

मेरोन्यूज २०८० वैशाख ३१ गते ६:२८


काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभसिमरन सिंहले शतक प्रहार गरेपछि पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

पञ्जाबले दिल्लीलाई ३१ रनले हराएको हो । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफको सम्भावना कायमै राखेको छ ।

पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४, फिलिप साल्टले २१ रन बनाए । पञ्जाबका हरप्रित ब्रारले ४ तथा राहुल चाहर र नाथन एलिसले समान २, २ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले । आईपीएलमा सिंहको यो पहिलो शतक हो । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले १, १ विकेट लिए ।

जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिँदा समान १२ खेलमा ८ अंक जोडेको अंक तथालिकाको पुछारमा छ ।

प्रतिक्रिया