प्रभसिमरनको शतकमा पञ्जाबले दिल्लीलाई ३१ रनले हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभसिमरन सिंहले शतक प्रहार गरेपछि पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
पञ्जाबले दिल्लीलाई ३१ रनले हराएको हो । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफको सम्भावना कायमै राखेको छ ।
पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४, फिलिप साल्टले २१ रन बनाए । पञ्जाबका हरप्रित ब्रारले ४ तथा राहुल चाहर र नाथन एलिसले समान २, २ विकेट लिए ।
त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले । आईपीएलमा सिंहको यो पहिलो शतक हो । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले १, १ विकेट लिए ।
जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिँदा समान १२ खेलमा ८ अंक जोडेको अंक तथालिकाको पुछारमा छ ।
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया