म्यानमाको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
मेरोन्यूज
२०८० वैशाख ३१ गते १८:४०

काठमाडौँ । मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ ।
मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार १६१ मिमी वर्षा रेकर्ड गरिएको छ ।
चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर)सम्मको आँधी बेहरी आउने अनुमान गरिएको छ ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया