आइतबार, वैशाख २७, २०८३

इमरान खानलाई सार्वजनिक रूपमा फाँसी दिन माग

मेरोन्यूज २०८० जेठ १ गते १७:१०

पाकिस्तानमा राजनीतिक आन्दोलन लगातार बढिरहेको छ । सर्वोच्च अदालतबाट जमानत पाएपछि पुर्वप्रधानमन्त्री इमरान खान विरोधी राजनीतिक दलहरू एकजुट भएका छन् । इमरानको रिहाहाइको विरोधमा सबै दलले सर्वोच्च अदालतबाहिर विरोध प्रदर्शन गरिरहेका बेला इमरान खानलाई फाँसीको माग संसदमा पनि उठ्न थालेको छ ।

Advertisement
NiccNicc

राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाज अहमद खानले इमरान खानलाई सार्वजनिक रूपमा फाँसी दिनुपर्ने माग गरेका छन् । उनले इमरानलाई सार्वजनिक रुपमा फाँसी दिनुपर्ने बताएका छन् ।

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले इमरान खानको रिहाइको विरोधमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको छ । पीडीएम सत्तारुढ पाकिस्तान मुस्लिम लिग नवाज, जमियत उलेमा-ए-इस्लाम-फजल र पाकिस्तान पिपुल्स पार्टी लगायत धेरै पार्टीहरूको गठबन्धन हो ।

सर्वोच्चका मुख्य न्यायाधीश उमर अता बन्दियालले इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएपछि शुक्रबार इमरानले जमानत पाएका थिए ।

-एजेन्सी

प्रतिक्रिया