फोटो संग्राहलयका लागि भवन उपलब्ध गराइदिन राष्ट्रिय फोटो पत्रकार समूहको माग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोटो संग्राहलयका लागि जग्गा उपलब्ध गराइदिन आग्रह गरेको छ । आज बिहान प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै समूहले ७ माग राखेको हो ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्नेहरुको हक हितका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइनु पर्ने, फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराइनु पर्ने, फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गर्ने वातावरण निर्माण गरिदिन माग गरिएको छ ।
त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन समूह माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया