आइतबार, वैशाख २७, २०८३

‘केही’ अरब नेता रुसी आक्रमणप्रति आँखा चिम्लेको जेलेन्स्कीको दाबी

मेरोन्यूज २०८० जेठ ५ गते १९:५१

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबमा शुक्रबार आयोजित अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

Advertisement
NiccNicc

‘दुर्भाग्यवश, संसारमा र यहाँ केहीले ती पिंजडाहरू र अवैध कब्जाहरूलाई आँखा चिम्लेका छन्,’ जेलेन्स्कीले शिखर सम्मेलनमा उपस्थित नेताहरूसँग भने । उनीहरूलाई युद्धलाई ‘इमानदारीपूर्वक हेर्न’ आग्रह गरे ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्कीले रेड सीको तटीय शहर जेद्दाहको शिखर सम्मेलनमा अपर्झट सहभागी भएका थिए । अरब लिगका एक अधिकारीले एएफपीलाई बताएअनुसार उनलाई निमन्त्रणा साउदी अरबबाट गएको हो । साउदी अधिकारीहरूले टिप्पणीको लागि गरिएको अनुरोधलाई कुनै जवाफ दिएनन् ।

यो शिखर सम्मेलनले सिरियाली राष्ट्रपति बशर अल असदको अरब लीगको पुनरागमनलाई पनि संकेत गर्दछ । जेलेन्स्कीले युक्रेनको युद्धले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाली प्रायद्वीपका मुसलमानहरूलाई कसरी प्रभावित पारेको छ भन्नेबारे प्रकाश पारे ।

उनले भने, ‘क्रिमिया रूसी कब्जामा परेको पहिलो राज्य थियो र अहिलेसम्म कब्जा गरिएको क्रिमियामा दमनको सिकार भएकामध्ये अधिकांश मुसलमान छन् ।’

जेलेन्स्कीले युक्रेनको ‘क्षेत्रीय अखण्डता’लाई समर्थन गरेकोमा साउदी युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद दिँदै ‘रुसी जेलको पिंजडाबाट जनतालाई बचाउन’ एकताबद्ध हुन आह्वान गरे ।

जेलेन्स्की पोल्याण्डबाट आएको फ्रान्सेली सरकारी विमानबाट साउदी अरब उडेको साउदी अरबका लागि फ्रान्सेली राजदूतले ट्वीटरमा जानकारी दिए ।

प्रतिक्रिया