आइतबार, वैशाख २७, २०८३

आतंकवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

मेरोन्यूज २०८० जेठ ५ गते २०:४०

काठमाडौँ । इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतंकवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।

Advertisement
NiccNicc

मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो । कैयौँ घाइते भएका थिए ।

मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आत‌ंकवादी समूहको रूपमा चित्रण गरेको थियो । उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतंकवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो ।

तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतंकवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।

प्रतिक्रिया