शुक्रबार, वैशाख २५, २०८३

मोटोपन घटाउन प्रहरीलाई निर्देशन

मेरोन्यूज २०८० जेठ ६ गते ७:५७

हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएको हो । साथै बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताइएकाे छ ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

एजेन्सी

प्रतिक्रिया