कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मुलुकभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीकोसमेत सम्भावना रहेको छ।
राति पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहनु साथै कोशी र मधेश प्रदेशको तराईका स्थानहरुमा हावा–हुरीको सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
















सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया