कोलकातालाई हराउँदै लखनउ आईपीएलको प्लेअफमा

काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ प्लेअफमा पुगेको हो ।
घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भयो ।
रिंकुले ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन बनायो ।
रिंकुले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । ओपनर ज्यासन रोएले ४५, वेनकाटेश अयेरले २४ रन बनाए ।
लखनउका रवि बिश्नोइ र यश ठाकुरले २, २ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले एक, एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निकोलस पुरनको उत्कृष्ट ब्याटिङमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
पुरनले ३० बलमा ४ चौका र ५ छक्काकोे मदतमा ५८ रन बनाए । आयुष बदोनीले २५, क्वेन्टन डे ककले २८ र प्रेरक मानकाडले २६ रन बनाए ।
कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २,२ तथा हर्शित राना र वरुण चक्रवर्तीले एक, एक विकेट लिए ।
जितपछि लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ पुगेको हो । गत सिजन आईपीएलमा डेब्यु गरेको लखनउ लगातार दोस्रो सिजन प्लेअफ पुगेको हो । यसअघि नै साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा पुगिसकेका छन् ।
शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । लखनउले भने चौथो हुने टिमसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।
प्लेअफ पुग्ने होडमा रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स छन् ।
आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्नेछ ।









मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
प्रतिक्रिया