दक्षिण अमेरिकी देश गुयानामा छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् ।
एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले “दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,” पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन ।
आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।
ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ ।अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसङ्ख्या आठ लाख छ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया