अमेरिकाको राष्ट्रपति उम्मेदवार बन्ने फ्लोरिडाका गर्भनर डिस्यान्टिसको घोषणा

काठमाडौँ । फ्लोरिडा राज्यका गर्भनर तथा रिपब्लिकन नेता रोन डिस्यान्टिसले अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती उनले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा बुधबार गरेका हुन् ।
राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको मनोनयन जित्ने दिशामा ४४ वर्षीय डि स्यान्टिस ७६ वर्षीय ट्रम्पको मार्गमा मुख्य अवरोधका रुपमा खडा भएका छन् ।
रिपब्लिकन पार्टीको टिकट जित्न ट्रम्पका अतिरिक्त संयुक्त राष्ट्रसंघका लागि पूर्वराजदूत निकी हेली, आर्कन्सा राज्यका पूर्व गर्भनर एशा हचिन्सन र उद्योगपति विवेक रामास्वामीले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
तर ट्रम्पका लागि डि स्यान्टिस नै मुख्य चुनौती सिद्ध हुने अमेरिकी समाचारमाध्यमको विश्लेषण छ । डि स्यान्टिस ट्रम्प जस्तो प्रवृत्ति नभएका तर ट्रम्प शैलीकै कट्टरपन्थी नेता भएको समाचारमाध्यमहरूले जनाएका छन् ।
सन् २०१९ को जनवरीमा गर्भनरको पद सम्हालेका डि स्यान्टिसले अहिलेसम्मको कार्यकालमा कन्जरभेटिभ्सहरुको प्राथमिकतामा पर्ने थुप्रै कामहरु गरेकाले उनी समर्थकहरुको रोजाइमा पर्न सक्ने बताइएको छ ।
आफ्नो कार्यकालमा डिस्यान्टिसले सहज रुपमा बन्दुक राख्न पाउने गरी कानुनमा सुधार गरेको, विद्यायलमा यौन र लैंगिकता पहिचान सम्बन्धी विषय अध्यापनमा प्रतिबन्ध लगाएको, गर्भपतनलाई सीमित गर्ने गरी कानुनमा सुधार गरेको र मतदानका नियममा कडाई गरेको बताइएको छ ।
रिपब्लिकन पार्टीको मनोनयन कसले जित्छ भन्ने कुरा आगामी फेब्रुअरीदेखि हुने प्रारम्भिक चुनावले तय गर्नेछ । पार्टीको टिकट जित्न सफल उम्मेदवारले नै वर्तमान राष्ट्रपति जो बाइडनसँग राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गर्नेछ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया