ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण
काठमाडौँ । ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गरेका थिए ।
निर्वाचन गर्नका लागि गठित नयाँ सरकारमा अनुभवी कूटनीतिज्ञ, सैन्य अधिकारी, कर्मचारी र विश्वविद्यालयका प्राध्यापक मन्त्रीहरूका रूपमा समावेश हुने बताइएको छ ।
यसै गृष्म ऋतुमा हुने निर्वाचनपछि नयाँ सरकार नबनेसम्म कामचलाउ सरकारले प्रशासनिक जिम्मेवारी सम्हाल्नेछ । आइतबार भएको निर्वाचनमा ग्रीसमा सत्तारुढ कन्जरभेटिभ पार्टी न्यू डेमोक्रेसी (एनडी)ले ४०.७९ प्रतिशत मत प्राप्त गरे पनि संसदीय बहुमत हासिल गर्न नसकेको र गठबन्धन सरकारको प्रयास पनि विफल भएपछि निर्वाचनका लागि न्यायाधीको नेतृत्वमा काम चलाउ सरकारको गठन गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा एनडी पार्टीका नेता किरियाकोस मित्सोटाकिसले गठबन्धन सरकारका प्रयासहरू विफल भएपछि जुन २५ का लागि नयाँ चुनावको आह्वान गरेका थिए ।
अर्को चुनावमा संशोधित निर्वाचन प्रणाली प्रयोग गरिनेछ, जसले विजयी दललाई ५० अतिरिक्त सिटको बोनस प्रदान गर्नेछ र यसले एक दलीय सरकार गठन गर्न मद्दत गर्नेछ ।
राजनीतिक विश्लेषकहरुका अनुसार यो प्रणालीअन्तर्गत सबैभन्दा अगाडि रहेको उम्मेदवारले करिब ३८ प्रतिशत मतका साथ संसद्मा पूर्ण बहुमत प्राप्त गर्न सक्छ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया