प्रहरीमा बढुवाको गति डिएसपीमा आएर किन रोकियो ?

काठमाडौं । नेपाल प्रहरीमा बसन्त कुँवर महानिरीक्षक भएर आएपछि खाली भएका पदमा बढुवा गर्ने कार्यलाई प्राथमिकता दिएर अघि बढेका थिए । १० चैतमा महानिरीक्षक नियुक्त कुँवरले १२ चैतमा पदबहाली गरेका थिए ।
११ चैतमा शनिबार भएकाले १२ चैतमा पदवहाली गरेका कुँवरले त्यसको अर्कोदिन १३ चैतमा ४ प्रहरी नायब महानिरीक्षक (डिआईजीपी)लाई अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवा सिफारिस गरेका थिए ।
त्यसपछि एआईजीपी बढुवा भएर खाली रहेको डिआईजीपी बढुवामा पनि कुँवरले धेरै दिन अल्मल्याएनन् । सिफारिस भएको एक सातामा बढुवाको निर्णय हुने कानुनी प्रावधान छ ।
एआईजीपी ‘कनर्फम’ भएका दुई साता बित्न नपाउँदै कुँबरले २९ चैतमा १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा सिफारिस गरे । त्यसको १५ दिनमै १५ बैशाखमा १८ प्रहरी उपरीक्षक (एसपी)लाई एसएसपीमा बढुवा सिफारिस गरे ।
२९ बैशाखमा २२ प्रहरी नायब उपरीक्षक (डिएसप)िलाई एसपी बढुवा गर्न सिफारिस भएको थियो । त्यसपछि भने प्रहरी निरीक्षक (इनिस्पेक्टर)बाट डिएसपी बढुवा सिफारिस गर्ने काम सुरु हुन सकेको छैन ।
अब दरबन्दी रिक्त नहुने भयो, भटाभट बढुवाबाट पदपूर्ति हुने भयो भनेर खुसी भएका प्रहरी अधिकृतहरू फेरि निराश हुने अवस्था सृजना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीमा ४४ डिएसपी पद रिक्त भएको एक साताभन्दा बढी भइसकेपछि अधिकृतहरू पुरानै परिस्थिति दोहोरिन लाग्यो भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
अहिलेसम्म वरियताक्रम अनुसार बढुवा सिफारिस गरेका कुँवले इनिस्पेक्टरबाट डिएसपी बढुवा गर्दा भने वरियता मिच्न दबाब आएकाले निर्णय गर्न नसकेको निकटस्थ स्रोत बताउँछ ।
४४ डिएसपीका लागि एक सय ४४ इन्सपेक्टर प्रतिस्पर्धामा छन् । २०७० सालमा भर्ना भएको इन्सपेक्टरको टोली अहिले बढुवाको प्रतिस्पर्धामा छ । संख्या धेरै बढुवा गर्नुपर्ने थोरै पद भएकाले पनि बढुवा पेचिलो बनेको छ । त्यसमाथि सबै प्रतिस्पर्धीहरु शक्तिकेन्द्र धाएर बढुवामा दबाब दिँदा अफ्टेरो भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसले नियमित बढुवाको सूची बनाउन कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अफ्टेरो भइरहेको स्रोतहरू बताउँछन् ।
आकर्षक पोष्टिङमा बसेका इनिस्पेक्टरहरू केही बुझाएर भए पनि बढुवा हुन तयार देखिएकाले पनि विचौलियाहरू सल्बलाइरहेका छन् । यसले कतै अहिलेसम्म वरियताका आधारमा बढुवा गरेका कुँवर वरियता कायम गर्ने अडानमा कायम रहन नसक्ने हुन कि भन्ने आशंका देखिएको छ ।
महानिरीक्षक कुँवर नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा परेकाले पनि बढुवामा ध्यान दिन नपाएको उनकै सचिवालयका अधिकारीहरू बताउँछन् ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया