आइतबार, वैशाख २७, २०८३

उत्तर कोरियामा दुई वर्षीय बालकलाई जन्मकैद सजाय

मेरोन्यूज २०८० जेठ १४ गते ११:५०

उत्तर कोरियामा दुई वर्षीय बालकलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यहाँ एक इसाइ परिवारले आफ्नो धर्म पालना गरेको र बाइबल राखेको भन्दै उनीहरूलाइ आजीवन कारावासको सजाय सुनाइएको हाे । साेही परिवारमा रहेका २ वर्षीय बालक पनि सजायमा परेका हुन् ।

Advertisement
NiccNicc

धार्मिक स्वतन्त्रताका सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रतिवेदनमा यो खुलासा भएको हो । कुरा सन् २००९ को बताइएको छ ।

उत्तर कोरियामा बाइबल राखेको आरोपमा मानिसहरूलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय दिइने गरिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२२ मा उत्तर कोरियाले ७० हजारभन्दा बढी इसाईहरूलाई जेलमा हालेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले एउटा एनजीओ ‘कोरिया फ्युचर’बाट प्राप्त जानकारीका आधारमा यो प्रतिवेदन तयार गरेको हो । गैरसरकारी संस्थाहरूले दावी गरेका छन् कि उत्तर कोरियामा क्रिश्चियनहरूलाई धर्म पालना गरेको कारण यातना दिइन्छ। उनीहरूलाई जबरजस्ती श्रम गराइन्छ र महिलामाथि यौन दुर्व्यवहार गरिन्छ।

सन् २०२१ मा १५१ जना महिलासँग गरिएको अन्तर्वार्तामा यी कुराहरू खुलासा भएका हुन् । उत्तर कोरिया छाडेका मानिसहरूले त्यहाँ क्रिस्चियनहरूको बारेमा नराम्रो प्रचार भइरहेको बताएका छन्।

कम्युनिस्ट देश भएकाले उत्तर कोरिया नास्तिक राष्ट्र हो जो कुनै पनि धर्ममा विश्वास गर्दैन । यद्यपि त्यहाँ सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता रहेको दाबी गरिएको छ । यहाँ ५० प्रतिशत जनता नास्तिक छन्। २५ प्रतिशत मानिसहरू बौद्ध छन् र बाँकी २५ प्रतिशत ईसाई र अन्य धर्महरू छन्।

यी दाबीहरूको बावजुद, यो देश धार्मिक स्वतन्त्रता सूचकांकको तलमा छ। सन् २०२२ को डिसेम्बरमा उत्तर कोरियामा मानवअधिकार उल्लङ्घनका सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव ल्याइयो, जसलाई अमेरिकालगायत दर्जनौं देशहरूले समर्थन गरेका थिए।

-एजेन्सी

प्रतिक्रिया