टर्कीमा राष्ट्रपति पदका लागि मतदान शुरु

टर्कीमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी छन् ।
गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६.९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९.५२ प्रतिशत मत प्राप्त गरेका थिए भने किलिचदारोग्लुले ४४.८८ प्रतिशत मत प्राप्त गरेका थिए ।
यसैबीच, संसदीय निर्वाचनको नतिजाले राष्ट्रपति एर्दोगानको पिपल्स अलायन्सले ६०० सिट भएको संसदमा ३२३ सिटमा बहुमत हासिल गरेको देखाएको छ भने छ दलको विपक्षी ब्लक नेसन एलायन्सले २१२ सिट प्राप्त गरेको छ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया