मंगलबार, पुष ८, २०८२

पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

मेरोन्यूज २०८० जेठ १५ गते ६:४३

काठमाडौं । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलागायत मुलुकभरका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राति भने सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया