ब्रिटिस कलेजका पाँच विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने

काठमाडौँ । द ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरू आइएस्टी (IAESTE)द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नशिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन् । यस यात्रामा विद्यार्थीहरुले मा विभिन्न अवसरहरूमा भाग लिन पाउनेछन् ।
आठदेखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफुलाई अब्बल साबित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएका हुन् ।
अनमोल कार्की (बीएससी आईटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चारजना विद्यार्थी जर्मनी जानेछन् ।
योगेश श्रेष्ठ (एमएस्सी आईटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स, र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन् । गरिमा ढकाल (बीएससी आईटी लेभल ६) कम्प्यूटर प्रोग्रामिङ इन्टर्नशिपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियलफोर्सचुङ अण्ड प्रुफङ (बीएएम) मा जानेछिन् । त्यस्तै प्रिया दङ्गल (बीबीए,लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन् ।
त्यस्तै अवंतिका नेपाल (बीएससी आईटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन्, जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन् ।
अवसर पाएकोप्रति उनले भनिन्, ‘आईएईएसटीई र टीबीसीसँगको यो अवसरको लागि धन्यवाद दिन चाहन्छु । मैले डाड (जर्मन सरकारी छात्रवृत्ति) पाउन सफल भए भने नेपालका लागि जर्मन राजदूतलाई भेट्ने अविश्वसनीय मौका पाएँ । यो मेरा लागि एक अद्भुत अनुभव थियो जसले मलाई अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको महत्वको सम्झना दिलाउँछ । म नेपालकै उत्कृष्ट आईटी कलेजसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस गर्छु ।’
यो महत्वपुर्ण उपलब्धि प्राप्त गर्न सफल भएकोमा ब्रिटिश कलेजले उनीहरुप्रति उत्साह थप्न एक कार्यक्रम आयोजना गरेको थियो । उपलब्धिबारे चर्चा गर्दै मार्केटिङ प्रमुख अमरदीप मण्डलले भने,‘यो एक अविश्वसनीय पहल हो र कलेजमा अन्तर्राष्ट्रिय अवसरहरूको सुरुवात मात्र हो । यस्ता धेरै अवसरहरु आउनै बाँकी रहेका छन् । हालैमात्र टीबीसीमा अध्ययन गरेका तीन जना विद्यार्थीहरुले दुवईको प्रतिष्ठित कम्पनीमा रोजगारी प्राप्त गरे । उनीहरुको उज्वल भविष्यको कामना गर्दर्छु ।’
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया